क्षेत्रीय कारागार संचालन र कैदीबन्दीका आधारभूत मानव अधिकार संरक्षण गर्न अधिकारकर्मीको माग

कोहलपुर टाइम्स डटकम । २०८० असार २२ गते बाँके:बाँकेका अधिकारकर्मीले बाँकेको नौवस्तामा बनेको क्षेत्रीय कारागार संचालन र कैदीबन्दीका आधारभुत मानव अधिकार संरक्षणको माग गरेका छन् । अधिकारकर्मीले बाँकेका प्रमुख जिल्ला अधिकारी बीपिन आचार्य मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री र कारागार ब्यवस्थापन बिभागका महानिर्देशकलाई ज्ञापनपत्र पठाउदै यस्तो माग गरेका हुन ।…

कारागार माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

गोरखापत्र । २०८० असार २२ गते नेपालगन्ज, असार २२ गते । बाँकेको बैजनाथ गाउँपालिका –३ नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागार सञ्चालन र कैदीबन्दीको आधारभूत मानवअधिकार संरक्षणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ ।  नेपालगन्जस्थित विभिन्न मानव अधिकारकर्मीद्वारा संयुक्त रुपमा तयार पारिएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्रीलाई पठाइएको हो ।…

कैदीबन्दीको मानव अधिकारको माग गर्दै सरकारविरुद्ध रिट दायर

इकान्तिपुर डटकम । २०८० असार २१ गते विराटनगर — मोरङ कारागारका कैदीबन्दीको मानव अधिकारीको रक्षा नभएको, कैदी बन्दीको शंकास्पद मृत्युका घटनामा शवको पोष्टमार्टम नगरी अन्त्यष्टि हुने गरेको र छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरी घटना ढाकछोप गर्ने गरेको र कारागार सुधारको माग गर्दै इन्सेक कोशीले सरकारविरुद्ध उच्च अदालत विराटनगरमा रिट दर्ता…

इन्सेकको रिटमा उच्च अदालत विराटनगरद्धारा विपक्षीलाई १५ दिन भित्र जवाफ पेश गर्न आदेश

अरुण खबर डटकम । २०८० असार २१ गते विराटनगर २१ असार । मोरङ कारागारका सवालमा गृह मन्त्रालय सहित अन्य चार ओटा सरकारी कार्यालयलाई विपक्षी बनाइ इन्सेकले दायर गरेको रिटमा उच्च अदालत विराटनगरले मुद्दालाई अग्राधिकार सहितको परमादेश दिएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले इन्सेकले दायर गरेको रिटमा…

मोरङ कारागारको अवस्था सुधार गर्न माग गर्दै उच्च अदालतमा इन्सेकद्धारा रिट दायर

कोशी दैनिक डटकम । २०८० असार २० गते विराटनगर । मोरङ कारागारमा रहेका कैदीबन्दीहरूको आधारभूत मानव अधिकार रक्षा र कारागारको अवस्था सुधार गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले सरकारविरूद्ध उच्च अदालत विराटनगरमा आज रिट दायर गरेको छ । गृह मन्त्रालय सिंहदरबार काठमाण्डौँ, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय…

गण्डकीमा २ सय ४४ मानव अधिकार उल्लंघनका घटना

अनलाइन अन्नपूर्ण डटकम । २०८० असार २० गते गण्डकी प्रदेशमा ६ महिनाको अवधिमा २ सय ४४ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशको मानव अधिकार बिषयक अन्तरक्रियामा संस्थाका प्रदेश संयोजक शिव खकुरेलले इन्सेकको अभिलेख अनुसार…

इन्सेकद्वारा दार्चुलाका कार्की सम्मानित

लोकापर्ण टिभी डटकम । २०८० असार १९ गते दार्चुला । अनौपचारिक क्षेत्र सेवा ‌केन्द्र (ईन्सेक)ले दार्चुला जिल्लाका क्रियाशील इन्सेक प्रतिनिधि तथा पत्रकार नरेन्द्रसिंह कार्कीलाई सम्मानित गरेको छ। मंगलबार धनगढीमा एक कार्यक्रमकाबीच कार्कीलाई सम्मान गरिएको हो । इन्सेकका दार्चुला प्रतिनिधि कार्कीलाई उत्कृष्ट काम गरेको भन्दै सुदुरपश्चिम प्रदेशबाट उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा…

सुदूरपश्चिममा मानव अधिकार उलङ्घनका घट्ना बढ्दो

धनगढी खबर डटकम । २०८० असार १९ गते धनगढी । सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उलङ्घनका घट्ना बढ्दै गएका छन् । अनौपचारिक सेवा केन्द्र इन्सेकको पछिल्लो एक वर्षको तथ्याङक अनुसार मानव अधिकार उलंघनका घट्ना बढ्दै गएका छन् । धनगढीमा मंगलबार भएको सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा इन्सेकले मानव…

नवलपुरमा ६ महिनामा ७ जबर्जस्ती करणीका घटना

इकान्तिपुर डटकम । २०८० असार १८ गते नवलपुर — पूर्वी नवलपरासीमा पछिल्लो ६ महिनाको अवधिमा १४ वटा मानवअधिकार हननका घटना भएको तथ्यांक सार्वजनिक भएको छ । जसमध्ये ५ जना बालिका जबर्जस्ती करणीको घटनामा पीडित भएको, २ महिलामाथि जबर्जस्ती करणीको प्रयास भएको, ६ वटा महिलाहिंसा र राज्यपक्षबाट पीडित भएको अनौपचारिक क्षेत्र…

मानवअधिकार उल्लङ्घनका घटनाको अभिलेखीकरणमा इन्सेकलाई कसैले चुनौती दिन सक्दैन : सहायक प्रजिअ बराल

आदर्श सञ्चार डटकम । २०८० असार १७ गते बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मानवअधिकार उल्लङ्घनका घटनाको अभिलेखिकरणमा इन्सेकलाई कसैले चुनौती दिन नसक्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागलुङले ०८० असार १५ गते सम्पन्न गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४ का लागि अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रममा…