प्रहरी कार्यालयमा प्रहरीलाई नै यातनाः इन्सेक

शिरीष न्यूज डटकम । २०८० साउन २ गते सिरहा- जिल्ला प्रहरी कार्यालय, सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई प्रहरीले नै यातना दिएको इन्सेकले जनाएको छ । इन्सेकले साउन २ गते सार्वजनिक गरेको स्थलगत अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । ‘महोत्तरी जिल्ला जलेश्वर नगरपालिका–९ घर भई जिल्ला प्रहरी कार्यालय,…

इन्सेकद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सहीखबर डटकम । २०८० साउन ३ गते मकवानपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले अन्तराष्ट्रिय न्याय दिवसको अवसरमा आज मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । प्रमुख जिल्ला अधिकारी…

रोम बिधान अनुमोदन गर

दैनिक नेपालगञ्ज डटकम । २०८० साउन २ गते नेपालगन्जका अधिकारकर्मी र कानून ब्यवसायीले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम बिधान अनुमोदन गर्नु पर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय न्याय दिवसका सन्दर्भमा नेपालगन्जमा आयोजित कार्यक्रममा अधिकारकर्मी र कानून ब्यवसायीले यस्तो बताएका हुन् ।  एडभोकेसी फोरम नेपाल, उच्च तथा जिल्ला बार एशोसिएसन, राष्ट्रिय मानव अधिकार आयोग…

कानुन व्यवसायीले भने, ‘कोरोना बिमाको भुक्तानी तत्काल देउ

नेपालगञ्ज न्थूज डटकम । २०८० साउन २ गते बिमितसंग गरेको सम्झौता बमोजिम अहिलेसम्म पनि बिमा कम्पनीहरुले कोरोना बिमा बापतको रकम उपलब्ध नगराएको प्रति सार्वजनिक सरोकार कानून व्यवसायी समुहले गंभिर ध्यानाकर्षण भएको जनाएको छ । समुहका संयोजक बरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठको अध्यक्षता बसेको बैठकले नेपालगंज उच्च अदालतले कोरोना बिमा वापतको…

रोम विधान अनुमोदन गर्न अधिकारकर्मीहरुको माग

अनलाइन अन्नपूर्ण डटकम । २०८० साउन २ गते पोखरा १ साउन/ अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान अनुमोदन गर्न कास्कीमा क्रियाशिल मानवअधिकारकर्मीहरुले माग गरेका छन्। कास्कीका अधिकारकर्मीहरुले सोमबार कास्कीका  प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै रोम बिधान अनुमोदन गर्न माग गरेका हुन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि…

मानवअधिकार रक्षकमा पारेको प्रभाव बारे प्रतिवेदन सार्वजनिक

खुलानजर डटकम । २०८० असार २८ गते सुर्खेत: नागरिक संघ संगठन र मानव अधिकार रक्षकहरुमा काेभिड-१९ ले पारेको संकुचन विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएकाे छ । बिहिवार सुर्खेतमा अनाैपचारिक सेवा केन्द्र (इन्सेक)द्वारा आयोजित औपचारिक कार्यक्रममा काेभिडमा मानवअधिकार रक्षकहरुलाई पारेकाे प्रभावका विषयमा छलफल समेत गरिएको छ । विभिन्न अधिकारवादी संघ संस्था,…

विद्यालय स्वीकृति नपाए मुद्दामा जाने तयारी

दैनिक नेपालगञ्ज डटकम । २०८० असार २३ गते विभिन्न अधिकारवादी संघ सस्थामा आवद्ध आवद्ध अधिकारकर्मीले बालसुधार गृहमा रहेका बालकहरूको शिक्षाको अधिकारमा चासो राखेका छन् । एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, इन्सेकका प्रदेश संयोजक भोला महत, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्जजित तिवारी, सार्वजनिक सरोकार कानून ब्यवशायी समुहका…

‘सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली नै चलाउनु मानव अधिकारको चरम उल्लंघन’

इकान्तिपुर डटकम । २०८० असार २२ गते झापा — कोशी प्रदेश नामाकरणको विरोधमा पूर्वमा जारी पहिचानवादी आन्दोलनमा सुरक्षाकर्मीले आन्दोलनकारीमाथि गोली नै चलाउनु मानव अधिकारको चरम उल्लंघन भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ठहर गरेको छ ।  इन्सेक झापाले बिहीबार बिर्तामोडमा आयोजना गरेको अर्ध वार्षिक समीक्षा गोष्ठीका क्रममा कोशी नामाकरणको विरोधमा…