मानव अधिकारको वर्तमान अवस्था र आगामी रणनीतिबारे सरोकारवालासँग भेटवार्ता

| 19-Mar-2026

मकवानपुर । २०८२ चैत ५ गते इन्सेकले बागमती प्रदेशमा मानव अधिकारको वर्तमान अवस्था र आगामी रणनीतिबारे सरोकारवालासँग  ०८२ चैत ४ गते छलफल गरेको छ । भेटवार्ताका क्रममा बागमती प्रदेश सरकार अर्न्तगतका सामाजिक विकास मन्त्री माननीय कञ्चन चन्द्र वादेसँग इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक शिव प्रसाद खकुरेलले आगामी दिनमा मानव अधिकारको…

व्यवसाय र मानव अधिकार विषयक छलफल सम्पन्न

| 19-Mar-2026

कर्णाली प्रदेश । २०८२ चैत ४ गते इन्सेक कर्णाली प्रदेशको आयोजनामा व्यवसाय र मानव अधिकार विषयक छलफल कार्यक्रम चैत ४ गते वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ । कार्यक्रममा सरकारी निकाय, मानव अधिकारकर्मी, व्यवसायी तथा श्रमिक प्रतिनिधिहरूले व्यवसाय सञ्चालन गर्दा मानव अधिकारको सम्मान अनिवार्य भएकोमा जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि…

घरेलु हिंसा पीडित महिलालाई कानुनी प्रक्रियामा जान इन्सेकको सहयोग

| 17-Mar-2026

कैलाली । २०८२ चैत ३ गते घरेलु हिंसा घटनाका पीडित महिलालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ चैत ३ गते आर्थिक सहयोग प्रदान गरेको छ । जोशीपुर गाउँपालिका–३ की ३६ वर्षीया महिलालाई कानुनी प्रक्रियामा जान सहज होस भन्ने उद्धेश्यले आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।…

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्तलाई धन्यवाद ज्ञापन

| 13-Mar-2026

काठमाडौँ । २०८२ फागुन २९ गते स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका प्रतिनिधिहरूले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन खेलेको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री ओम प्रकाश अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीलाई धन्यवादपत्र बुझाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र…

महिलाहरुको मानव अधिकार रक्षाका लागि संविधान र कानुनको व्यवहारिक प्रयोगमा सधै प्रतिबद्धः अध्यक्ष मगर

| 11-Mar-2026

ललितपुर । २०८२ फागुन २७ गते सन् २०२५ मा महिला अधिकारको अवस्था विषयक छलफल कार्यक्रम ०८२ फागुन २७ गते सम्पन्न भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जालको संयुक्त आयोजनामा सम्पन्न भएको हाे । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाहरुको मानव अधिकारको…

महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 09-Mar-2026

कर्णाली प्रदेश । २०८२ फागुन २५ गते इन्सेक लगायतका संस्थाहरुको सहयोग तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा १ सय १६ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । “सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसिद्धिको अवसर” भन्ने नारासहित ०८२ फागुन २४ गते (८ मार्च )  वीरेन्द्रनगरमा अन्रक्रिया र…

मधेश प्रदेशमा १६६ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

| 09-Mar-2026

मधेश प्रदेश । २०८२ फागुन २५ गते ११६ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा फागुन २४ गते( ८ मार्च) मधेश प्रदेशका विभिन्न जिल्लामा मनाइएको छ । मधेश प्रदेश कार्यालयका अनाुसर “महिलाका मौलिक अधिकारहरु सुश्चितताका लागी न्यायमा पहुँच” भन्ने मूल नाराका साथ महोत्तरीमा पनि ११६ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा…

कानुनी प्रक्रियामा जान इन्सेकद्वारा आर्थिक सहयोग

| 09-Mar-2026

बाँके । २०८२ फागुन २५ गते आर्थिक अवस्था कमजोर भएर कानुनी प्रकृयामा जान समस्यामा परेकी घरेलु हिंसापीडित महिलालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८२ फागुन २५ गते आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक की लक्ष्मी चौधरीले फागुन २५ गते नेपालगञ्ज उपमहानगरपालिका–१९…

इन्सेक र आयोगद्वारा ‘निर्वाचन र पर्यवेक्षकको भूमिका’ विषयमा छलफल

| 04-Mar-2026

कोशी प्रदेश । २०८२ फागुन २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा ०८२ फागुन २० गते ‘निर्वाचन र पर्यवेक्षकको भूमिका’ विषयमा छलफल भएको छ । इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरमा भएको छलफल कार्यक्रममा पर्यवेक्षकहरूले निर्वाह गर्नुपर्ने भूमिका र पालना गर्नुपर्ने आचारसंहिता, पर्यवेक्षकहरुसँगको समन्वय र…

सिन्धुपाल्चोकमा इन्सेकद्धारा निर्वाचन पूर्व अनुगमन

| 02-Mar-2026

सिन्धुपाल्चोक । २०८२ फागुन १८ गते आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा भएको पूर्वतयारीका सम्वन्धमा इन्सेकले ०८२ फागुन १७ गते अनुगमन गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलको नेतृत्वमा गरिएको अनुगमनका क्रममा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरु सँग भेटघाट…