“दलितमाथि विभेदको अवस्था र मानव अधिकार रक्षक सञ्जालको भूमिका“ विषयक छलफल कार्यक्रम सम्पन्न
कोशी प्रदेश । २०८२ चैत २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश र दलित महिला संघ (फेडो)को संयुक्त आयोजनामा विराटनगरमा चैत २१ गते भएको “दलितमाथि विभेदको अवस्था र मानव अधिकार रक्षक सञ्जालको भूमिका“ विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेलले…
मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न
कास्की । २०८२ चैत २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरूको प्रदेशस्तरीय क्षमता अभिवृद्धि तालिम पोखरामा सम्पन्न भएको छ । मानव अधिकार रक्षकहरू निरन्तर अभियानमा संलग्न रहने भएकाले राज्यले निर्माण गरेका कानुन तथा मानव अधिकारसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्तावेजबारे जानकारी…
कानुनी प्रक्रियामा जानका लागि इन्सेकको आर्थिक सहयोग
धनुषा । २०८२ चैत २० गते १० वर्षीया बलात्कार घटनाकी पीडित बालिकालाई न्यायिक प्रक्रियामा सहयोग पुर्याउने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा २०८२ चैत १९ गते पीडित परिवारलाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको छ। पीडित परिवारको आर्थिक अवस्था कमजोर भएको कारण कानुनी प्रक्रियामा जानका लागि पीडित बालिकाको बुबाले…
मानव अधिकारको अवस्था सुधार बिना समृद्धि असम्भवः मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश । २०८२ चैत २० गते कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मानव अधिकारको अवस्था सुधार नगरी समृद्धि निर्माण असम्भव रहेको बताउनु भएको छ । इन्सेक कर्णाली प्रदेशले वीरेन्द्रनगरमा चैत २० गते आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तकलाई लक्षित गर्दै कर्णाली प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन…
शिक्षित व्यक्तिहरूबाट समेत जातीय विभेद कायम रहनु दुःखद: सभामुख
गण्डकी प्रदेश । २०८२ चैत २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखराको आयोजनामा मानव अधिकार रक्षकहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले शिक्षित व्यक्तिहरूबाट समेत जातीय विभेद कायम रहनु दुःखद विषय भएको उल्लेख गर्दै यस्ता विभेद अन्त्यका लागि सामूहिक…
मधेस प्रदेशमा मानव अधिकार उल्ङ्घनका घटनामा २ हजार ९४ जना पीडित
धनुषा । २०८२ चैत १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अभिलेख अनुसार सन् २०२५ मा मधेस प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा २ हजार ९४ जना पीडित भएका छन् । डिसिएको आर्थिक सहयोग तथा इन्सेक मधेस प्रदेशले चैत १७ गते जनकपुरधाममा आयोजना गरेको मधेस प्रदेशको मानव अधिकार…
वातावरणीय अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
बाँके । २०८२ चैत १८ गते जानकी गाउँपालिकामा वातावरणीय अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जानकी गाउँपालिकाको सहकार्य, मानव अधिकार समूहको समन्वय तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा ०८२ चैत १७ गते कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा इन्सेक फोकल पर्सन लक्ष्मी थारुले मानवीय गतिविधिका कारण वातावरणीय…
मानव अधिकार सहायता कक्ष सवलीकरण बैठक सम्पन्न
कैलाली । २०८२ चैत १७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्षको सवलीकरण विषयक बैठक ०८२ चैत १७ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक प्रदेश संयोजक खडकराज जोशीले इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत स्थानीय तह र विभिन्न संघसंस्थाहरुको सिफारिसमा सन् २०२५…
मानव अधिकार रक्षक सञ्जाल गण्डकीे प्रदेशको दोस्रो बैठक सम्पन्न
कास्की । २०८२ चैत १२ गते मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशको दोस्रो बैठक ०८२ चैत ११ गते पोखरामा सम्पन्न भएको छ । बैठकमा मानव अधिकार संरक्षण, सुशासन कायम गराउने, समाजमा न्याय र समानताको सोचलाई प्रवद्र्धन गर्ने विषयमा छलफल गरिएको थियो । त्यसैगरी, फोहोर व्यवस्थापन, खाद्यान्न सुरक्षा तथा खाद्यान्न सरसफाइका…
कानुनी प्रक्रियामा जानका लागि इन्सेकको आर्थिक सहयोग
धनुषा । २०८२ चैत १३ गते मिथिला नगरपालिका–८ धनुषाकी ३५ वर्षीया शान्तिदेवी साह सुडीलाई कानुनी प्रक्रियामा जानका लागि सहयोग पुग्ने उदेश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले ०८२ चैत १२ गते १० हजार रुपियाँ आर्थिक सहायता प्रदान गरेको छ। पीडितको आर्थिक अवस्था कमजोर भएकोले मावन अधिकार सहायता कक्षद्वारा…
HUMAN RIGHTS NEWS PORTAL