हिंसा पीडित महिलालाई इन्सेकको आर्थिक सहयोग

| 15-Apr-2026

बागमती प्रदेश । २०८३ बैशाख २ गते घरेलु हिंसाबाट पीडित महिलालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक बागमती प्रदेश कार्यालयले ०८३ वैशाख २ गते आर्थिक सहयोग प्रदान गरेको छ । भोजपुर जिल्ला भैसिपाँखा घरभई काठमाडौँको ढुङ्गेअड्डा बस्दै आएकी ४४ वर्षीया जीवन कला बस्नेत राईलाई कानुनी प्रकृयामा जान सहयोग पुर्‍याउने उद्देश्यले ५…

हिंसा पीडित बालिकालाई न्याय प्रकृयामा जान इन्सेकको सहयोग

| 14-Apr-2026

अर्घाखाँची । २०८३ बैशाख १ गते आर्थिक अवस्था कमजोर भएकी १० वर्षीया हिंसा पीडित बालिकालाई न्यायिक प्रकृयामा सहयोग पुर्‍याउने उद्देश्यले इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले ०८२ चैत ३० गते संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत १० हजार रुपियाँ उपलब्ध गराएको छ । पीडितका अभिभावकले दिएको निवेदन र इन्सेक…

मानव अधिकार सहायता कक्ष गठन

| 13-Apr-2026

बागमती प्रदेश । २०८२ चैत ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), बागमती प्रदेश कार्यालयको आयोजनामा ०८२ चैत २७ गते काठमाडौँमा मानव अधिकार सहायता कक्षको गठन भएको छ । उक्त बैठकमा राष्ट्रिय मानव अधिकार आयोगका कानुन मामिला महाशाखाका उपसचिव श्यामबाबु काफ्लेले यस सहायता कक्षको सुदृढिकरणका लागि धेरै संघसंस्थाहरुलाई आवद्ध गरी…

गण्डकी प्रदेशको मानव अधिकार अवस्थाबारे सरोकारवालाहरूसँग छलफल

| 11-Apr-2026

गण्डकी प्रदेश । २०८२ चैत २८ गते गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल र गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका वरिष्ठ प्रहरी उपरीक्षक तुलबहादुर कार्की, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय प्रमुख नीतु गर्तौला, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी…

प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जाल सचिवालय बैठक सम्पन्न

| 09-Apr-2026

धनुषा । २०८२ चैत २६ गते मधेश प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जाल सचिवालयको बैठक २०८२ चैत २५ गते  सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयको बैठक कक्षमा बसेको उक्त बैठकमा सञ्जाल सचिवालय अध्यक्ष राजकुमार महासेठले मानव अधिकार रक्षक सञ्जाललाई सशक्त र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा…

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

| 08-Apr-2026

कर्णाली प्रद्ेश । २०८२ चैत २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०८२ चैत २५ गते इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीको अध्यक्षतामा मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न गरिएको छ । बैठकमा यसअघि सचिवालयले गरेका निर्णयको अनुमोदन, पीडितका निवेदन, लैङ्गिक हिंसा निवारण कोषको प्रभावकारिता विषयका प्रस्तावमाथि छलफल…

हिंसा पीडित महिलालाई इन्सेकको आर्थिक सहयोग

| 06-Apr-2026

रामेछाप । २०८२ चैत २३ गते पारिवारिक हिंसामा परी अस्पतालमा उपचार गराइरहेकी गोकुलगंगा गाउँपालिका–६ फर्पुकी ३४ वर्षीया शर्मिला तामाङलाई अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्धारा ०८२ चैत २२ गते १० हजार रुपिँया आर्थिक सहायता प्रदान गरिएको छ । इन्सेक प्रतिनिधि नवराज पथिक, मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँ,…

इन्सेकको समन्वयमा जयन्दु बाल सुधार गृहमा खेलकुद सामग्री वितरण

| 06-Apr-2026

बाँके । २०८२ चैत २३ गते जयन्दु बाल सुधार गृह, बाँकेमा रहेका कानूनी विवादमा परेका बालकहरूका लागि इन्सेकको पहलमा खेलकुद सामग्री वितरण गरिएको छ। बाल सुधार गृहबाट खेलकुद सामग्री सहयोगका लागि अनुरोध आएपछि इन्सेकले आवश्यक सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। सोही अनुसार इन्सेक नेपालगञ्जले गोपाल नीना फाउण्डेशनसँग समन्वय गरी…

मानव अधिकार रक्षक सञ्जाल कोशी प्रदेशको दोस्रो बैठक सम्पन्न

| 05-Apr-2026

कोशी  प्रदेश । २०८२ चैत २२ गते कोशी प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको दोस्रो बैठक ०८२ चैत २२ गते विराटनगरमा सम्पन्न भएको छ । बैठकमा शिक्षा, स्वास्थ्यलगायतका अधिकारसम्बन्धी सेवाहरू र ती सेवा प्राप्तिमा जनताको पहुँचको अवस्था, स्थानीय तहको निर्णायक प्रक्रियामा पछाडि पारिएका स्थानीयवासीको सहभागिता र आवश्यक्ताको बारेमा छलफल भएको छ…

पीडितको न्यायमा पहुँच र वातावरणीय प्रदूषण नियन्त्रणमा जोड

| 04-Apr-2026

बाँके । २०८२ चैत २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय र सार्वजनिक सरोकार कानुन व्यवसायी समूहको संयुक्त आयोजनामा सरोकारवालाहरुसँग “पीडितको न्यायमा पहुँच” विषयक छलफल कार्यक्रम ०८२ चैत २० गते नेपालगञ्जमा सम्पन्न भएको छ। कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले मानवअधिकार शिक्षा तथा स्वास्थ्य कार्यक्रम अन्तर्गत…