कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग
धनुषा । २०८२ मङ्सिर १८ गते बलात्कार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले मानव अधिकार सहायता कक्ष मार्फत बालिकाको परिवारलाई ०८२ मङ्सिर १७ गते १० हजार रुपियाँ सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम डिसीएको सहयोगमा सञ्चालित संरक्षण परियोजना अन्तर्गत…
लैङ्गिक हिंसा रोकथामको कानुनी सचेतना र सिफारिस प्रणाली सुदृढीकरणमा जोड
सुुर्खेत । २०८२ मङ्सिर १८ गते लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा कानुनी सचेतना तथा सिफारिस प्रणालीको आवश्यकता विषयक छलफल कार्यक्रम ०८२ मङ्सिर १८ गते वीरेन्द्रनगर नगरपालिका–१ मा सम्पन्न गरिएको छ । इन्सेक लगायतका संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा लैङ्गिक हिंसा रोकथाम, पीडितमैत्री सेवा प्रवाह तथा सिफारिस प्रणालीको…
हिंसा पीडित बालिकालाई इन्सेकको आर्थिक सहयोग
बर्दिया । २०८२ मङ्सिर १८ गते आर्थिक अवस्था कमजोर भएर कानुनी प्रकृयामा जान समस्या परेकी १३ वर्षीया बलात्कार घटनाको पीडित बालिकालाई कानुनी प्रकृयामा जानका लागि इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८२ मङ्सिर १६ गते आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक बर्दिया…
प्रविधिको प्रयोगका कारण सिर्जित लैङ्गिक हिंसाको अवस्था र सोको न्यूनिकरणका सम्बन्धमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ । २०८२ मङ्सिर १७ गते १६ दिने लैङ्गिक हिंसा विरुद्धको दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय र नेपाल बार एशोसिएशन, महिला समितिको संयुक्त आयोजनामा ०८२ मङ्सिर १६ गते काठमाडौँमा प्रविधिको प्रयोगका कारण सिर्जित लैङ्गिक हिंसाको अवस्था र सोको न्यूनिकरणका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा बक्तृत्वकला तथा अन्तरक्रिया कार्यक्रम
सर्लाही । २०८२ मङ्सिर १७ गते ‘प्रविधिको सही प्रयोग गरौँ ः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ ०८२ मङ्सिर ९ गतेदेखि शुरु भएको ३४ औं अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसाविरुद्धको अभियानको शुभारम्भमा ब्रह्मपुरी गाउँपालिका–३ स्थित सुवेदार माध्यमिक विद्यालयमा मङ्सिर १६ गते बक्तृत्वकला तथा अन्तरक्रिया कार्यक्रम गरी समपन्न भएको…
मानव अधिकार रक्षक सञ्जालद्वारा मानव अधिकार उलंघन विरुद्ध अभियान चलाउने
मोरङ । २०८२ मङ्सिर १५ गते राजविराज । कोशी प्रदेशमा गठन गरिएको मानव अधिकार रक्षक सञ्जालले मानव अधिकारका समस्या पहिचान गर्ने निर्णय गरेको छ ।महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अन्य अल्पसङ्ख्यक र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको संरक्षणका लागि गठित सञ्जालको सोमबार सम्पन्न पहिलो बैठकले मानव…
महिनावारीका समयमा अपनाउनु पर्ने सचेतनाका विषयमा किशोरीको विशेष चासो
मोरङ । २०८२ मङ्सिर १५ गते “प्रविधिको सही प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ जारी लैङ्गिक हिंसा विरुदको १६ दिवसीय अभियानको छैटौँ दिन मङ्सिर १४ गते रङ्गेली नगरपालिकाले आयोजना गरेको किशोरी स्वास्थ्य परामर्श मेलामा किशोरीहरुले महिनावारीका समयमा अपनाउनु पर्ने सचेतनाका विषयमा विशेष चासो राखेका छन् ।…
वातावरणीय मानव अधिकार रक्षक सञ्जाल र सरोकारवालाहरु बिच बैठक सम्पन्न
काठमाडौँ । २०८२ मङ्सिर १५ गते डिसिएको नेपालको सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा वातावरणीय मानव अधिकार रक्षक र सरोकारवालाहरु बिचको बैठक ०८२ मङ्सिर १४ गते काठमाडौँमा सम्पन्न भएको छ । बैठकमा इन्सेकका महासचिव गीता बरालले कानुन मार्फत वातावरणीय मानव अधिकार रक्षकहरुलाई सुरक्षा दिन आवश्यक रहेको बताउनु…
मधेस प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जाल पुर्नगठन
धनुषा । २०८२ मङ्सिर १४ गते मधेस प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको पुर्नगठन गरिएको छ । मानव अधिकार संरक्षणका क्षेत्रलाई सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले गठन गरिएको प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको पुर्नगठन गरिएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा मङ्सिर १३ गते लालगढमा आयोजित…
इन्सेक र बुढीगङ्गा गाउँपालिकाको संयुक्त आयोजनामा प्रभातफेरी
मोरङ । २०८२ मङ्सिर १४ गते “प्रविधिको सही प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मुल नाराका साथ मङ्सिर ९ गतेदेखि सुरूआत भएको लैङ्गिक हिंंसाविरूद्धको १६ दिवसीय अभियानका क्रममा इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर र बुढीगङ्गा गाउँपालिकाको आयोजनामा ०८२ मङ्सिर १३ गते प्रभातफेरी तथा कोणसभा कार्यक्रम सम्पन्न गरिएको छ…
HUMAN RIGHTS NEWS PORTAL