मानव अधिकार रक्षक सञ्जालको त्रैमासिक बैठक सम्पन्न

| 15-Jun-2026

कोशी प्रदेश । २०८३ असार १ गते मानव अधिकार रक्षक सञ्जाल कोशी प्रदेशको त्रैमासिक बैठक ०८३ जेठ २९ गते विराटनगरमा सम्पन्न भएको छ । मानव अधिकार शिक्षा कार्यक्रम अन्तरगत इन्सेकद्घारा गठन गरिएको प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको त्रैमासिक बैठक जेठ २९ गते इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको हलमा सम्पन्न गरिएको…

बागमती गाउँपालिकामा मानव अधिकार प्रशिक्षण कार्यक्रम सम्पन्न

| 15-Jun-2026

बागमती प्रदेश । २०८३ असार १ गते बागमती गाउँपालिका र इन्सेक बागमती प्रदेशको आयोजना, राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य र स्वाधीन खबरपत्रिकाको समन्वयमा मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा स्थानीय तह र मानव अधिकार सम्बन्धी प्रशिक्षण कार्यक्रम ०८३ जेठ २९ गते सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन समारोहमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश…

मानव अधिकारका सवालमा प्रदेश सरकार सकारात्मक : प्रमुख सचिव पौडेल

| 13-Jun-2026

मोरङ । २०८३ जेठ ३० गते कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलले इन्सेकद्वारा गठित मानव अधिकार रक्षक सञ्जालले बुझाएको ज्ञापनपत्रप्रति कोशी प्रदेश सरकार सकारात्मक रहेको बताउनु भएको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेठ २९ गते जातीय विभेदसम्बन्धी कानुन निर्माण, अपाङ्गता भएकाहरूको अधिकारलगायतका विषयहरु समेटिएको ज्ञापनपत्र बुझ्‌दै…

मानव अधिकार रक्षक सञ्जालको त्रैमासिक बैठक सम्पन्न

| 12-Jun-2026

कर्णाली प्रदेश । २०८३ जेठ २९ गते मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशको त्रैमासिक बैठक ०८३ जेठ २८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको/ छ । सञ्जालका संयोजक पीताम्बर ढकालको अध्यक्षतामा बसेको बैठकले कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याउन लागेको बजेटमा मानव अधिकारको संरक्षण र सम्वर्द्वनका लागि बजेट…

मानव अधिकारमुखी बजेट ल्याउन कर्णाली सरकारलाई ध्यानाकर्षण

| 12-Jun-2026

कर्णाली प्रदेश । २०८३ जेठ २९ गते मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति, कार्यक्रम तथा बजेटमा मानव अधिकार संरक्षण, सामाजिक न्याय र समावेशी विकासलाई प्राथमिकतामा राख्न कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । सञ्जालले जेठ २८ गते प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादव मार्फत…

कानुनी प्रक्रियामा जानका लागि हिँसा पीडित महिलालाई इन्सेकको सहयोग

| 12-Jun-2026

बर्दिया । २०८३ जेठ २९ गते आर्थिक अवस्था कमजोर भएर कानुनी प्रक्रियामा जान समस्या परेकी अपाङ्गता भएकी २१ वर्षीया महिलालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८३ जेठ २८  गते आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक बर्दिया प्रतिनिधि प्रकाश पौडेलले महिलाका आफन्तलाई…

हरिहरपुरगढी गाउँपालिकामा स्थानीय तह र मानव अधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

| 12-Jun-2026

बागमती प्रदेश । २०८३ जेठ २९ गते सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका र इन्सेक बागमती प्रदेश कार्यालयको संयुक्त आयोजना, राष्ट्रिय मानवअधिकार आयोगको सहकार्य तथा स्वाधीन खबर पत्रिका सिन्धुलीको समन्वयमा स्थानीय तह र मानवअधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रम ०८३ जेठ २८ गते सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले मानव…

पीडितहरुको न्यायमा पहुँचसम्बन्धी अन्तरक्रिया सम्पन्न

| 12-Jun-2026

सुदुरपश्चिम प्रदेश । २०८३ जेठ २९ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा पीडितहरुको न्यायमा पहुँच विषयक अन्तरक्रिया कार्यक्रम ०८३ जेठ २९ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले विभिन्न प्रकृतिका घटनाका पीडितहरुले न्याय प्राप्तीमा भोग्नु परेका चुनौती र त्यसको निराकरणका उपायहरु खोजी…

मरिण गाउँपालिकामा स्थानीय तह र मानव अधिकार प्रशिक्षण कार्यक्रम सम्पन्न

| 11-Jun-2026

बागमती प्रदेश । २०८३ जेठ २८ गते सिन्धुली जिल्लाको मरिण गाउँपालिका र इन्सेक बागमती प्रदेश कार्यालयको आयोजना, राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य र स्वाधीन खबरपत्रिकाको समन्वयमा मरिण गाउँपालिकामा स्थानीय तह र मानव अधिकार सम्बन्धी प्रशिक्षण कार्यक्रम ०८३ जेठ २७ गते सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन समारोहमा मन्तब्य राख्दै गाउँपालिकाका…

दुधौली गाउँपालिकामा स्थानीय तह र मानव अधिकार प्रशिक्षण कार्यक्रम सम्पन्न

| 10-Jun-2026

बागमती प्रदेश । २०८३ जेठ २७ गते दुधौली गाउँपालिका, सिन्धुली र इन्सेक बागमती प्रदेश कार्यालयको आयोजना, राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य तथा स्वाधीन खबर पत्रिकाको समन्वयमा स्थानीय तह र मानव अधिकार विषयक प्रशिक्षण कार्यक्रम ०८३ जेठ २६ गते सम्पन्न भएको छ । कार्यक्रमको उद्घघाटन समारोहमा कार्यवाहक नगरप्रमुख चन्द्रकिशोर थारुले मानव…