मानव अधिकारका विषयमा साझा धारणा निर्माण गरी संयुक्त रूपमा पैरवी गर्नुपर्ने : अध्यक्ष गौतम
काठमाडौँ । २०८३ असोज ८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप), राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) र जागृति बाल तथा युवा सरोकार नेपालको संयुक्त आयोजनामा ०८३ असोज ७ गते काठमाडौँमा जलवायु न्याय र मानव अधिकार विषयक संवाद सम्पन्न भएको छ ।…
मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न
सुर्खेत । २०८३ असोज ८ गते मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशको बैठक ०८३ असोज ८ गते वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । सञ्जालका संयोजक पीताम्बर ढकालको अध्यक्षतामा बसेको बैठकले कर्णाली प्रदेशको मानव अधिकारको पछिल्लो अवस्थाको विषयमा जानकारी, ०८३ साउन २७ गते सम्पन्न प्रदेश स्तरीय मानव अधिकार सम्मेलनको समीक्षा, सञ्जालकाे…
बादी समुदायका बालबालिकाको अधिकार अवस्था बुझ्न संयुक्त अनुगमन
सुर्खेत । २०८३ असोज ८ गते सुर्खेतका दुई स्थानीय तहमा रहेका बादी समुदायका बालबालिकाको बाल अधिकारको अवस्था सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश, इन्सेक र दलित महिला संघ (फेडो)ले संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन् । अनुगमन टोलीले ०८३ असोज ३, ४ र ७ गते सिम्ता गाउँपालिका–६, सुन्दरपुर र…
छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि लुम्बिनीमा अभिमुखीकरण गरिने
लुम्बिनी । २०८३ असोज ४ गते मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने विषयमा छलफल भएको छ । इन्सेकको पहलमा २०८३ असोज १ र २ गते लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव विनोद कुँवर र कानून सचिव वीरेन्द्रबहादुर केसीसँग भएको भेटघाट तथा छलफलमा…
सर्लाहीमा ६२ औँ राष्ट्रिय बाल दिवस कार्यक्रम सम्पन्न
सर्लाही । २०८३ भदौ ३१ गते ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने नाराका साथ ६२ औँ राष्ट्रिय बाल दिवसको अवसरमा बाल कल्याण समाज सर्लाहीको आयोजना एवम् अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा विभिन्न सङ्घसंस्थाको सहकार्यमा ०८३ भदौ २७ गते जिल्ला स्तरीय बाल भेला मलंगवामा सम्पन्न भएको छ। जिल्ला समन्वय समितिका…
रसुवाका ३ सय ८२ बाढी प्रभावित परिवारलाई राहत वितरण
२०८३ भदौ ३१ गते । रसुवा भोटेकोशी हुदै त्रिशुली नदिमा ०८३ भाद्र १० गते आएको बाढीबाट प्रभावित रसुवाका तीन स्थानीय तहका ३ सय ८२ परिवारलाई राहत सामग्री वितरण गरिएको छ । इन्सेकको समन्वयमा कर्मयोगी फाउण्डेसनले कोका–कोला र बोटलर्स नेपाल लिमिटेडको आर्थिक सहयोग तथा प्रकाश डंगोल र रोशन भण्डारीको सहजीकरणमा राहत…
मानव अधिकार सहायता कक्षको प्रदेशस्तरीय बैठक सम्पन्न
कैलाली । २०८३ भदौ ३० गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार सहायकता कक्षको बैठक ०८३ भाद्र ३० गते धनगढीमा सम्पन्न भएको छ । बिगत लामो समयदेखि विभिन्न प्रकारको हिंसाबाट पीडित भएका महिला तथा बालबालिकाहरुलाई मानव अधिकार सहायता कक्षमार्फत सहयोग गरिदै आइएको र यस पटक पनि…
इन्सेक अध्यक्ष विजयराज गौतम मानव अधिकार कार्ययोजनाको संघीय समन्वय समिति सदस्यमा मनोनित
काठमाडौँ । २०८३ भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन सुनिश्चितताका लागि गठन हुने संघीय समन्वय समितिको प्रतिनिधि सदस्यमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतमलाई मनोनयन गरेको छ । मन्त्रिपरिषद्को २०८३ भदौ २६ गतेको बैठकले गौतमलाई समितिको प्रतिनिधि सदस्य तोकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…
मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनाको अभिमुखीकरण कार्यक्रम र जिल्ला स्तरीय समिति गठन
सिन्धुली । २०८३ भदौ २९ गते अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय र जिल्ला समन्वय समिति सिन्धुलीको संयुक्त आयोजनामा ०८३ भदौ २६ गते सिन्धुलीमाढीमा मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजनाको अभिमुखीकरण कार्यक्रम र जिल्ला स्तरीय समिति गठन गरिएको छ । कार्यक्रममा सिन्धुली क्षेत्र नं. १ का सांसद धमेन्द्रबहादुर कार्कीले मानव…
रौतहटमा जिल्ला स्तरीय बालभेला सम्पन्न
रौतहट । २०८३ भदौ २७ गते ‘बालबालिकाको सहभागिता सुनिश्चित गरौँ, बालमैत्री समाज निर्माण गरौँ’ भन्ने नाराका साथ रौतहटमा जिल्लास्तरीय बालभेला ०८३ भदौ २६ गते जिल्ला समन्वय समिति रौतहटको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, ग्रामीण विकास केन्द्र (आरडिसी), वर्ल्ड भिजन इन्टरनेसनल, सेभ द चिल्ड्रेन, सबल नेपाल…
HUMAN RIGHTS NEWS PORTAL