विस्थापित सुकुम्वासी बालबालिकाको शिक्षा र आवास सुनिश्चित गर्न सर्वोच्चको आदेश
नेपाल प्रेस डटकम । २०८३ साउन २१ गते काठमाडौँ । सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्वासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले साउन १८ गते उक्त आदेश…
हिरासत, कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट
रातोपाटी डटकम । २०८३ साउन १८ गते काठमाडौँ । नेपालका कारागार, प्रहरी हिरासत र बाल सुधार गृहहरूको अवस्था अत्यन्त दयनीय र असुरक्षित रहेको उल्लेख गर्दै संरचनात्मक सुधारको मागसहित सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट दायर भएको छ। अधिवक्ता कुमार प्रसाद थपलियाले सोमबार सर्वोच्च अदालतमा उक्त रिट दायर गरेका हुन् । रिटमा…
कप्तानगञ्ज गोलीकाण्ड : अधिकारकर्मीद्वारा स्थलगत अनुगमन
न्यूज टुडे डटकम । २०८३ साउन १७ गते राजविराज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हत्या घटनाको विषयमा सत्य तथ्य बुझ्न इन्सेक, सिजप, सिविन, नर्थ साउथ कलेक्टिभ्स र मानव अधिकार सञ्जालले संयुक्त रुपमा स्थलगत अनुगमन गरेको छ । अनुगमनको क्रममा टोलीले पीडित परिवारसँग भेट गरी घटनाको वस्तुस्थितिको बारेमा जानकारी लिएको…
लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रता र जिम्मेवारीको आपसी सम्बन्ध छ :वरिष्ठतम् न्यायाधीश मल्ल
इनेप्लिज डटकम । २०८३ साउन १७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा ३४ औं प्रकाश स्मृति दिवस तथा ३२ औं प्रकाश मानव अधिकार पुरस्कार २०८२ वितरण गरियो । ‘नेपालको लोकतन्त्र र मानव अधिकारका सवाल’ विषयक प्रवचन कार्यक्रम इन्सेकका अध्यक्ष विजयराज गौतमको सभाध्यक्षता र सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान…
सामाजिक सद्भाव कायम कैना सक्कु पक्षसँग इन्सेकके आग्रह
पहुरा डटकम । २०८३ साउन १६ गते धनगढी । सुनसरीके देवानगञ्ज गाउँपालिका ओ सिरहाके गोलबजार नगरपालिकामे हुइल हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त करटी सामाजिक सद्भाव कायम कैना इन्सेकस सक्कु पक्षसँग आग्रह करले बा । इन्सेकके अध्यक्ष विजयराज गौतमसे सावन १५ गते जारी विज्ञप्तीमे सुनसरीके देवानगञ्ज गाउँपालिकामे सावन १० गते रात दुई…
शिक्षा र स्वास्थ्य अधिकारको प्रभावकारी कार्यान्वयनमा सरोकारवालको जोड
सिटीवन टिभि डटकम । २०८३ साउन १६ गते पोखरा । शिक्षा र स्वास्थ्यलाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेकोमा सरोकारवालाले जोड दिएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न 'शिक्षा तथा स्वास्थ्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम' मा सहभागीहरूले…
सुकुम्बासी बस्तीका बालबालिकाको स्वास्थ्य र शिक्षाको हक सुनिश्चित गर्न माग गर्दै सर्वोच्चमा रिट
शिलापत्र डटकम । २०८३ साउन १५ गते सुकुम्बासी बस्तीमा बसोबास गर्ने बालबालिकाको स्वास्थ्य र शिक्षाको हक सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । नेपालको संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गर्दै बालबालिका शान्ति क्षेत्र राष्ट्रिय…
३२औँ प्रकाश मानव अधिकार पुरस्कार रुद्रबहादुर खड्कालाई
विजयकिल्ला डटकम । २०८३ साउन १५ गते सिन्धुली। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले यस वर्षको ३२ औँ ‘प्रकाश मानव अधिकार पुरस्कार’ सिन्धुलीको कमलामाई नगरपालिका–९, भीमानका रुद्रबहादुर खड्कालाई प्रदान गर्ने निर्णय गरेको छ । इन्सेकका अनुसार शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय रहँदै मानव…
मानवअधिकार रक्षकका लागि विशेष कानुन बनाउन माग
समाधान डटकम । २०८३ साउन १४ गते पोखरा । मानव अधिकारकमीहरुले मानव अधिकार रक्षकको संरक्षण र सुरक्षाका लागि छुट्टै कानुन तर्जुमा गर्न माग गरेका छन् । त्यसको लागि उनीहले इन्सेक गण्डकी प्रदेशको प्राविधिक सहयोगमा तयार गरिएको ‘मानवअधिकार रक्षक विधेयक–२०८३’को मस्यौदा गण्डकी प्रदेशसभामा बुझाएका छन् । मानवअधिकार रक्षकहरूको सुरक्षा, अधिकार र…
देवानगञ्ज घटना : निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
नागरिक न्यूज डटकम । २०८३ साउन १३ गते सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगन्जमा एक जनाको ज्यान जानेगरी भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न मानवअधिकारसम्बद्ध संस्थाले माग गरेका छन्। मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश, मानव अधिकार सञ्जाल विराटनगर, बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान कोशी प्रदेश, मानव अधिकार रक्षक…
HUMAN RIGHTS NEWS PORTAL